श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँड : ३६ हजार ८५९ भाग्यमानी, १८ लाख बढिको हात खाली

३ बर्ष अगाडि

काठमाडौं - श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ  बाँडफाँड भएको छ । धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको काठमाडौं कमलपोखरीस्थित कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो । 

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट भाग्यमानी ३६ हजार ८५९ जनाले मात्र १० कित्ताका दरले सेयर पाएका छन् । यो हिसाबले साढे १८ लाख ५७७ आवेदकको हात खाली भएको छ । 

लघुवित्तले भदौ १५ गतेदेखि भदौ १९ गतेसम्म आईपीओ बिक्री गरेको थियो । १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ बिक्री गरेको थियो । 

जसमा ५ प्रतिशतले हुन आउने १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने ५ हजार ४७० कित्ता कर्मचारीका लागि छुट्याइएको थियो । बाँकी ३ लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए । 

आईपीओमा १८ लाख ३८ हजार ७५१ आवेदकले कुल १ करोड ९९ लाख ७२ हजार ६८० कित्ताका लागि आवेदन दिएका थिए । जसमा १८ लाख ३७ हजार ४३६ आवेदकबाट माग भएको १ करोड ९९ लाख ५७ हजार ६१० कित्ता सदर भएको छ भने १ हजार ३१५ आवेदकबाट परेको १५ हजार ७० कित्ता बदर भएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया