काठमाडौं - ई–कमर्स प्लेटफर्म बिजबजारले चाडपर्वलक्षित अफर सार्वजनिक गरेको छ । बडादसैँ, दीपावली, नेपाल संवत्, ल्होसार, छठलगायतका महान चाडपवलाई दृष्टिगत गर्दै बिजबजारले ‘बिजबजार भव्य उत्सव’ नामक योजना ल्याएको हो ।
चाडपर्वमा सेवाग्राहीले अफरहरुलाई नै बढी प्राथमिकता दिने हुँदा उनीहरुका मागअनुसार नै यो योजनालाई बजारमा ल्याएको बिजबजारले जनाएको छ । यो अफरअन्तर्गत सबै वर्गका सेवाग्राहीले विभिन्न क्याटेगोरिजका सामान खरिद गर्दा ७० प्रतिशतसम्म छुटसहित विविध रोमाञ्चक र आकर्षक योजना तथा उपहार एवं बम्पर उपहारसमेत प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले यस योजनाअन्तर्गत विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप पनि सञ्चालन गर्ने जनाएको छ । जहाँ भाग्यशाली सेवाग्राही तथा विजेताले विभिन्न आकर्षक उपहार जित्ने मौका प्राप्त गर्नेछन् ।
योजनाअन्तर्गतका विभिन्न अफरको विस्तृत जानकारी बिजबजारले क्रमशः रुपमा आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमा प्रकाशित गर्ने हुँदा सेवाग्राहीले सोमार्फत आवश्यक जानकारी प्राप्त गर्न सक्ने बिजबजारले जनाएको छ ।
प्रतिक्रिया