काठमाडौं - बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकलाई तिर्नुपर्ने सापटी २ खर्ब नजिक पुगेको छ । बैंकहरुले स्थायी तरलता सुविध र रिपोमार्फत उक्त रकम राष्ट्र बैंकसँग लिगेका हुन् ।
बैंकिङ्ग प्रणालीमा रहेको तरलता अभावको कारणले चालु आर्थिक वर्षको सुरुवातदेखि नै बैंकहरुले राष्ट्र बैंकसँग लिने सापटी बढाएका छन् । निक्षेप नबढ्दा यस्तो सापटी उपयोग गरेर तरलता व्यवस्थापन गर्दै आएका छन् ।
गत आर्थिक वर्षभरिमा बैंक तथा वित्तीय संस्थाले करिब ९७ खर्ब रुपैयाँ सापटि चलाएका थिए। तर चालु आर्थिक वर्षमा बैंकहरुको सापटी सोभन्दा धेरै हुने देखिएको छ ।
शुक्रबारसम्मको तथ्याँक अनुसार बैंकहरुले राष्ट्र बैंकलाई १ खर्ब ९६ अर्ब ३ करोड ७० लाख रुपैयाँ सापटि फिर्ता गर्न बाँकी रहेको देखिन्छ, केन्द्रिय बैंकका अनुसार १ खर्ब ७६ अर्ब ५ करोड ७० लाख रुपैयाँ स्थायी तरलता सुविधामार्फत लिएको सापटि र बाँकी २० अर्ब रुपैयाँ रिपोमार्फत लिएको सापटि हो ।
प्रतिक्रिया