काठमाडौं - माछापुच्छ्रे बैंकले बारास्थित गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बाराको पवित्र तीर्थस्थल गढीमाई मन्दिरमा शनिबार भएको एक औपचारिक कार्यक्रममा क्यूआर कोड हस्तान्तरण गरेको हो ।
उक्त क्यूआर कोड माछापुच्छ्रे बैंकका अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतो तथा महागढीमाई नगरपालिका मेयर उपेन्द्रप्रसाद यादवले संयुक्त रुपमा गढीमाई सञ्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहतेलीलाई हस्तान्तरण गरेका थिए ।
उक्त सेवा सञ्चालनमा आएपछि मन्दिरमा आउने दर्शनार्थीले क्यूआर कोडबाटै भेटी चढाउन सक्नेछन् । दर्शनार्थीले क्यूआर कोड सेवा निःशुल्क प्रयोग गर्न सक्नेछन् ।
नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएका कारण क्यूआर कोडको प्रयोग आममानिसमा बढ्दै गइरहेको छ ।
प्रतिक्रिया