काठमाडौं - नेपाल राष्ट्र बैंकले भदौ २८ गते १० अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।
केन्द्रीय बैंकले २८ दिने ९१ दिने ट्रेजरी बिल गर्ने भएको हो । राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब पैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल असोज २५ गते परिपक्व हुनेछ ।
यसैगरी राष्ट्र बैंकले ९१ दिने ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल मंसिर २७ गते परिपक्व हुनेछ। यी ट्रेजरी बिलको आज सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ ।
बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ ।
ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
प्रतिक्रिया