निरन्तर पाँचौ दिन पनि  ओरालो लाग्यो नेप्से, कारोबार रकम करोडमा सिमित

३ बर्ष अगाडि

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक निरन्तर पाँचौ कारोबार दिन पनि ओरालो लागेको छ। गत साताको सोमबारदेखि ओरालो लागेको नेप्सेले यस दिन पनि घटेको हो । 

साताको पहिलो कारोबार दिन (आइतबार) नेप्से परिसूचक ११.४७ अंक अर्थात ०.५९ प्रतिशत घटेर १९२६.२८ विन्दुमा झरेको छ। 

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन १ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२१ स्टकको २० हजार १२४ पटकको कारोबारमा ७४ करोड ७२ लाख २६ हजार रुपैयाँ बराबरको २५ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ३१ स्टकको मात्र मूल्य बढेको छ। जसमध्ये मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य यस दिन ४.५६ प्रतिशत बढेको छ। त्यसैगरी, सामुदायिक लघुवित्तको शेयरमूल्य करिब ४ प्रतिशत बढेको छ भने दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य २ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सानिमा लार्ज क्याप फण्डको इकाईमूल्य र छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य यस दिन ५ प्रतिशतभन्दा बढी घटेको छ भने नारायणी डेभलपमेन्ट बैंक, घलेम्दी हाइड्रो र आशा लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन एभरेष्ट इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन करिब ४ करोडको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन नबिल बैंकको ३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

आइतबार अन्य उपसमूहको परिसूचकबाहेक अरु सबै उपसमूहको परिसूचक ओरालो लागेको छ। यस दिन अन्य उपसमूहको परिसूचक ०।२९ प्रतिशत घटेको छ। ओरालो लागेका उपसमूहहरुमध्ये यस दिन विकास बैंक, वित्त, होटल तथा पर्यटन, हाइड्रोपावर र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।


 

३ बर्ष अगाडि

प्रतिक्रिया