सामान्य अंक बढ्यो नेप्से परिसूचक, १४० कित्ता शेयर खरिदबिक्री

३ बर्ष अगाडि

काठमाडौं - आज आइतबार साताको पहिलो कारोबारको दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ ।

अघिल्लो कारोबारको दिन गत बिहीबार २.१३ अंक घटेर १९३७.७५ विन्दुमा बन्द भएको नेप्से आज उक्त सेसनमा ०.४५ अंक बढेर १९३८.२० विन्दुमा पुगेको छ । उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०४ अंक बढेको छ ।

आइतबार प्रि ओपन सेसनमा ८ स्टकको ८० हजार ७५६ रुपैयाँ बराबरको १४० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ५ वटा स्टकको मूल्य बढेको छ भने ३ वटाको घटेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया