काठमाडौं - नेपाल धितोपत्र बोर्ड (सेबोन)ले यही साताभित्र नयाँ स्टक एक्सचेन्ज, कमोडिजिट एक्सचेन्ज र थप ब्रोकर लाइसेन्स वितरणका लागि आवेदन खुला गर्ने तयारी गरेको छ ।
सरकारले हालै धितोपत्र बजार सञ्चालन नियमावली, २०७४ र धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी, २०६४ को चौथो संशोधन स्वीकृत गरेसँगै सेबोनले नयाँ स्टक एक्सचेन्ज र थप ब्रोकर लाइसेन्स वितरणको बाटो खुलेको हो ।
यसका साथै सेबोनले कमोडिजिट एक्सचेन्ज सञ्चालनमा ल्याउन पनि अध्ययन कार्यलाई तीव्रता दिइरहेको छ । सेबोन स्रोतका अनुसार सेबोनले यही साताभित्रै नयाँ स्टक एक्सचेन्ज, कमोडिजिट एक्सचेन्ज र थप ब्रोकर लाइन्सेन्स वितरणका लागि आवेदन खुला गर्नेछ ।
नयाँ व्यवस्थाअनुसार सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी १५ करोड रुपैयाँ कायम गरिएको छ। पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी ५० करोड रुपैयाँ र धितोपत्र व्यापारी कम्पनीको चुक्तापुँजी १ अर्ब रुपैयाँ कायम गरिएको छ।
प्रतिक्रिया