१ लाख १५ हजार म्यादी प्रहरी माग, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

३ बर्ष अगाडि

काठमाडौं - आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ । 

नेपाल प्रहरीले आसन्न निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुला भएको आह्वान गरेको हो । म्यादी प्रहरीमा १ लाख १५ हजार जनाका लागि भर्ना खुलाइएको छ । 

म्यादी प्रहरीमा भर्ना हुन इच्छुकले यही भदौ ३० गतेबाट दरखास्त पेस गर्न सक्नेछन् । दरखास्त प्रहरी परिसर ९काठमाण्डौ, ललितपुर र भुक्तापुर० र सबै जिल्ला प्रहरी कार्यालयमा पेस गर्न सकिनेछन् । 

दरखास्त पेस गर्ने अन्तिम मिति असोज ६ गतेसम्म तोकिएको छ । दरखास्त पेस गरेका उम्मेदवारहरुले सम्बन्धित प्रहरी कार्यालयमा असोज ७ गते सम्पर्क गर्नुपर्नेछ । 

प्रारम्भिक छनोट प्रक्रिया असोज ९ गतेदेखि असोज १४ गतेसम्म सञ्चालन हुनेछ । अन्तिम नतिजा प्रकाश असोज २५ गते हुनेछ । असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म प्रशिक्षण सञ्चालन हुनेछ । 

निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्य अवधि ४० दिनको हुनेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया