असोज २ बाट बिक्री हुन नसकेको १२ लाख बढी कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा ल्याउँदै ङादी ग्रुप, न्यूनतम मूल्य कति ?

३ बर्ष अगाडि

काठमाडौं - ङादी ग्रुप पावरको साढे १२ लाख बढी कित्ता अवितरित हकप्रद सेयर असोज २ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याउने भएको छ । बिक्री हुन नसकेको सेयर बिक्रीमा ल्याउने भएको हो । 

कम्पनी साउन १८ देखि भदौ ७ गतेसम्म १ः१.५ अर्थात १५० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसअनुसार कम्पनीले आफ्ना सेयरधनीहरुलाई १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

यो हकप्रद सेयर गत बुधबार बाँडफाँड गरिएको थियो । जसअनुसार कुल कित्तामध्ये ९३ लाख ४६ हजार ६९६ कित्तामा मात्र बिक्री भएको छ ।

यो हिसाबले कम्पनीको १२ लाख ५७ हजार २९० कित्ता हकप्रद बिक्री भएन । सोही बिक्री हुन नसकेको सेयर अब कम्पनीले लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागेको हो । 

यो लिलामी सेयरमा योग्य जोकोही व्यक्ति, कम्पनी तथा सङ्घसंस्थाहरूले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा १० अङ्कले भाग जाने सङ्ख्यामा वा सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्न सकिनेछ । 

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । 


 
 

३ बर्ष अगाडि

प्रतिक्रिया