बरुण हाइड्रोको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रदमा आवेदन दिने समय थप, कहिलेसम्म ?

३ बर्ष अगाडि

काठमाडौं - भदौ ६ गतेदेखि बिक्रीमा आएको बरुण हाइड्रोपावर कम्पनीको शतप्रतिशत हकप्रद शेयर खरिदका लागि भदौ ३१ गतेसम्म आवेदन दिन सकिने भएको छ । 

कम्पनीले आइतबार सूचना जारी गर्दै हकप्रद शेयर खरिदका लागि आवेदन दिने समय थप भएको जनाएको हो । कम्पनीले हाल कायम चुक्ता पुँजी २६ करोड ७९ लाख ७ हजार ५०० को आधारमा १ः१ को अनुपातमा २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद निष्कासन गरेको हो । 

कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि साउन २ गते एक दिन बुक क्लोज गरेकाले साउन १ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन् ।

हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया