काठमाडौं - वैदेशिक रोजगारीमा यूएई गएकामध्ये करिब एक महिनाको अवधिमा २४ जना नेपालीको मृत्यु भएको छ । यूएईस्थित नेपाली दूतावासले गत साउन महिनामा उनीहरुको मृत्यु भएको जनाएको छ ।
गत आर्थिक वर्ष २०७८/०७९ मा वैदेशिक रोजगारीका लागि यूएई गएकामध्ये २ सय ६ जनाको मृत्यु भएको थियोे । त्यसमध्ये १ सय ९९ जनाको शव नेपाल ल्याइएको र ७ जनाको यूएईमा नै अन्तिम संस्कार गरिएको दूतावासले जनाएको छ ।
प्रतिक्रिया