जापानमा वैदेशिक रोजगारको अवसर, मासिक तलब एक लाख ५१ हजार बढि

३ बर्ष अगाडि

काठमाडौं - जापानले नेपाली कामदारको माग गरेको छ । जापानको एक सहरमा रहेको विभिन्न कम्पनीले विभिन्न पदका लागि ५ जना पुरुष र २ जना महिला गरी जम्मा ७ जना नेपाली कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ५ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि ३ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब एक लाख ५१ हजार बढि पाउनेछ ।  खान बस्नेको व्यवस्था कामदार आफैले गर्नु पर्ने छ । इच्छुक कामदारले नाप इनटरनेशनल प्रालिको कार्यालय सामाखुसी काठमाडौंमा असोज २ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने जीवन बिमा कामदार आफैले बेहोर्नु पर्ने छ । यस्तै भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया