काठमाडौं - माछापुच्छ्रे बैंकले वितेका चार आर्थिक वर्षको नगद लाभांश बुझिलिन आफ्ना सेयरधनीलाई आग्रह गरेको छ ।
बैंकले आर्थिक वर्षहरु २०७३/७४ बाट वितरण गरेको चुक्ता पुँजीको ६ प्रतिशत, आव २०७४/७५ बाट वितरण गरेको १० प्रतिशत, आव २०७५/७६ बाट वितरण गरेको ११ प्रतिशत, आव २०७६/७७ बाट ३.३७ प्रतिशत नगद लाभांश संकलन गर्न भनेको हो ।
बैंकले हालसम्म पनि ती आवको नगद लाभांश खातामा नआएका सेयरधनीहरुलाई डिम्याट खातामा बैंक खाता अद्यावधिक गर्न भनेको छ । डिम्याट खातामा बैंक खाता अद्यावधिक गरेपछि मात्र नगद लाभांश बैंक खातामा प्राप्त हुने बैंकले जनाएको छ ।
प्रतिक्रिया