११ हजार ७४६ राहदानी जनाले राहदानी बनाउँदा ६५ लाख राजस्व सङ्कलन

३ बर्ष अगाडि

काठमाडौं - झापामा राहदानीबाट एक वर्षमा आठ करोड ६५ लाख राजस्व सङ्कलन भएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा जिल्ला प्रशासन कार्यालयले राहदानीबाट आठ करोड ६५ लाख १५ हजार राजस्व सङ्कलन गरेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

उक्त अवधिमा ११ हजार सात सय ४६ राहदानी बनाएको बताइएको छ । आव २०७७/७८ मा छ हजार १८८ राहदानी बनाएइको थियो । 

जसबाट राजस्व तीन करोड ३५ लाख ३६ हजार, आव २०७६/७७ मा तीन करोड ८९ लाख ८५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया