बाढी पहिरोका कारण ५ को मृत्यु, ४ बेपत्ता

३ बर्ष अगाडि

काठमाडौं - बाढी र पहिरोका कारण दार्चुलामा ५ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् । 

 माहाकाली ३ की मानमती कार्की, माहाकाली २ का नन्दरानम बोहरा, नौगाड २ का मोहनराम पार्की, नौगाड १ का जानकी ठगुन्ना र धनमती ठगुन्नाको शव भेटिएको छ । 

 बाढीकै कारण लास्कु क्षेत्रका ४, बांगाबगर क्षेत्रका ११ घर तथा दशरथनगर आवि पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ । 

 यस्तै दुहुँ र महाकाली जोड्ने लास्कु खोला झोलुंगे पुल र मोटरपुल बगाएको छ भने लास्कु खोलामा आएको बाढी र पहिरोले महाकाली नदी थुनिएर ताल बनेको छ । 

 महाकाली नदी थुनिँदा दुहुँ र ब्याँस जोड्ने सडक डुवानमा परेको छ । बाढीले पार्किङमा राखेका ५ बोलेरो जीप बगाएको छ, भने १ ट्याक्टर र १ अल्टो कार बगाएको प्रहरी जनाएको छ । 

 अहिले बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानिय लगायतले खोज तथा उद्धार गरिरहेका छन् । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया