प्रतिनिधिसभाको बैठक स्थगित, अब कहिले  ?

३ बर्ष अगाडि

काठमाडौं - प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । 

आज दिउँसो १ बजेका लागि बैठक बस्ने भनिए पनि विशेष कारणले बस्न नसकेको संसद् सचिवालयले जनाएको छ । 

संसद् सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको हो । 

अर्को बैठक २०७९ साल भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने संसद् सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया