सिजी मोटर्स मार्फत् हुने सम्पूर्ण बीमाको सेवा अब मेरो बीमाले दिने

३ बर्ष अगाडि

काठमाडौं - मेरो बीमा र सिजी मोटर्सबीच व्यबसायीक प्रबद्र्धनका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा मेरो बीमाको तर्फबाट कार्यकारी आधिकृत शंकर बहादुर घिमिरे र ऋन् मोटर्सको तर्फबाट कार्यकारी आधिकृत हेमन्त अग्रवालले हस्ताक्षर गरेका हुन् ।

सिजी मोटर्स तथा मेरो बीमाले व्यवसायिक साझेदारी गरेका छन् । सिजी मोटर्स मार्फत् हुने सम्पूर्ण किसिमका बीमाको सेवा मेरो बीमाले दिने तथा मेरो बीमाले प्रयोग गर्ने कार भेकल्स सिजी मोटर्सको नेटा भी ब्राण्डको रुपमा प्रयोग गर्ने गरि दुई पक्ष बीच सम्झौता भएको हो ।

इलेक्ट्रिक कार क्षेत्रमा आक्रामक मार्केटिङ्ग शैलीमा अगाडि बढेको सिजी मोटर्स तथा बीमा क्षेत्रमा क्रान्ति गर्ने भनि स्थापित मेरो बीमाले गरेको यस सम्झौताले दुवै कम्पनीलाई आफ्नो ब्राण्डको भ्यालुमा अझै अगाडी बढाउन कोसेढुङ्गा सावित हुने विश्वास रहेको मेरो बीमाका प्रमूख कार्यकारी अधिकृत शंकर बहादुर घिमिरेले बताए ।

३ बर्ष अगाडि

प्रतिक्रिया