खप्तड लघुवित्तको आईपीओले कति पाउँला ओपन रेञ्ज ?

३ बर्ष अगाडि

काठमाडौं - खप्तड लघुवित्त वित्तीय संस्थाको आईपीओले पहिलो कारोबारको लागि १०१.०७ देखि ३०३.२१ ओपन रेञ्ज पाउने देखिएको छ ।

कम्पनीको आव २०७७/७८ को बास्तविका प्रतिशेयर नेटवर्थ १०१ दशमलव ०७ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो । नेपाल स्टक एक्सचेञ्जले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ  । सोही कारण उक्त मूल्य रेञ्ज पाउने देखिएको हो ।  

कम्पनीको आईपीओ हाल नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । कम्पनीको आईपीओ भदौ २० गते बाँडफाँट भएको हो । १८ लाख ८३ हजार ११८ जना आवेदकहरुमध्येबाट गोलाप्रथाद्धारा १२ हजार ३४० जनाले १०÷१० कित्ताका दरले शेयर पाएका हुन । 

३ बर्ष अगाडि

प्रतिक्रिया