बेलायतकी महारानी एलिजाबेथको कोहिनुर जडित ताज कसले लगाउला ?

३ बर्ष अगाडि

एजेन्सी - बेलायतकी महारानी एलिजाबेथ द्वितीयको बिहिबार निधन भएसँगै उनको सम्पत्ति,उनले लगाएको मुकुटका बारेमा विश्वभर धेरैले चासो व्यक्त गरेका छन् ।

महारानी एलिजनबेथ बेलायतको राजगद्धीमा लामो समयसम्म बसेका थिइन् । उनी २५ वर्षको उमेरमा सन् १९५२ मा बेलायतको महारानी बनेकी थिइन् । आफ्नो पिता जर्ज छैठौंको निधन भएपछि एजिलावेथले २५ वर्षकै उमेरमा आफ्नो शिरमा शाही ताज पहिरिनु भएको थियो ।

बेलायतमा सबैभन्दा लामो समय राजगद्दीमा बसेर सेवा गर्ने राजा फिलिप र रानी एलिजाबेथको नाम र उमेरलाई आधुनिक एलिजाबेथ युगको रूपमा परिभाषित गरिएको छ । एलिजाबेथका श्रीमान राजकुमार फिलिपको ९९ वर्षको उमेर गत वर्ष निधन भएको थियो । एलिजाबेथको भने ९६ वर्षको उमेरमा निधन भएको हो ।

एलिजाबेथको निधनसँगै उहाँको सम्पत्ति र मुकुट ९ताज० कसले प्रयोग गर्ला भन्ने चासो सबैमा छ । 

कसले लगाउला कोहिनुर जडित ताज ?
बेलायतको शाही मुकुटमा कोहिनूर बाहेक अन्य धेरै बहुमूल्य र दुर्लभ हिरा, रत्न जडिएका छन् । भारतको पञ्जाबमा अंग्रेजहरूले कब्जा गरेपछि यो हीरा सन् १८४९ मा तत्कालीन बेलायतकी महारानी भिक्टोरियालाई हस्तान्तरण गरिएको थियो।पछि यो कोहिनूर हिरा शाही मुकुटमा स्थापित गरियो । 

कोहिनूर हीरा १०५।६ क्यारेटको रहेको जनाइएको छ । यसलाई संसारको सबैभन्दा ठूलो हीरा मानिन्छ। महारानी एलिजाबेथको निधन पछि बेलायती शाही परम्परा अनुसार उनका जेठा छोरा राजकुमार चार्ल्सलाई बेलायतको राजा घोषणा गरिएको छ । 

एलिजाबेथको समपत्ति बिरासतमा चाल्र्सले पाएपनि रानीको मुकुटमा जडित बहुमूल्य कोहिनूर हीराको बारेमा मानिसहरू उत्सुक छन् । रानीको मृत्युपछि त्यो कोहिनूर हीराको के हुन्छ भन्ने प्रश्न पनि सामाजिक संजालमा उठाइएको छ । महारानीको मृत्यु पछि, कोहिनूर ट्विटरमा ट्रेन्ड गर्न थालिएको छ ।

रिपोर्टका अनुसार, रानीको मृत्युपछि बेलायतको राजा बनेएका राजा चार्ल्स तृतीयकी पत्नी डचेस अफ कर्नवाल क्यामिलाले यो मुकुट पाउदेछिन् र उनी रानी बन्नेछिन् । 

यद्यपि, ७५ वर्षीया क्यामिलासँग कुनै संवैधानिक अधिकार भने हुनेछैन । राजा चार्ल्सको राज्याभिषेकको समयमा क्यामिलाले यो कोहिनूर मुकुट लगाएको देख्न सक्ने सम्भावना रहेको समाचारमा जनाइएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया