काठमाडौं - चालुु अर्थिक वर्ष सुुरु भएयता विभिन्न बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट १५ खर्ब रुपैयाँ बढी स्थायी तरलता सुविधा ९एसएलएफ० लिएका छन् ।
बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाहरुले १५ खर्ब ४ अर्ब ९ करोड ७५ लाख रुपैयाँ एसएलएफ सुविधा लिएको राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले जनाएको छ । बिहीबारमात्रै ३१ बैंक तथा वित्तीय संस्थाले ५२ अर्ब ७६ करोड १५ लाख रुपैयाँ एसएलएफ चलाएका छन् ।
विभागका अनुुसार चालुु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै बैंक तथा वित्तीय संस्थाहरुले ८ खर्ब १४ अर्ब ७० करोड ५५ लाख रुपैयाँ सापटी लिएका थिए । यस्तै भदौ महिनाको २३ दिनमा ६ खर्ब ८९ अर्ब ३९ करोड २ लाख रुपैयाँबराबरको एसएलएफ लिएका हुन् ।
प्रतिक्रिया