विश्व भ्रमण गरेकी बेलायतकी महारानीसँग थिएन पासपोर्ट

३ बर्ष अगाडि

एजेन्सी - बेलायतकी महारानी एलिजाबेथ द्वितीयको बिहीबार निधन भएको छ । उनी ९६ वर्षकी थिइन् । अब उनको ठाउँमा छोरा प्रिन्स अफ वेल्स चार्ल्स अब राजा बन्नेछन् । 

महारानी एलिजाबेथ ७० वर्षसम्म राजगद्दीमा बस्ने पहिलो शासक थिइन् । यी ७० वर्षमा उनले बेलायत र सारा विश्वको नक्सा परिवर्तन भएको देखिन् । सन् १९५२ मा राजगद्दी सम्हालेदेखि महारानी एलिजाबेथ बेलायतलगायत करिब एक दर्जन देशको शासक बनेकी थिइन् । 

थुप्रै देश बेलायतको शासनमा चल्छन् । महारानी एलिजाबेथले पनि आफ्नो ९६ वर्षको जीवनमा धेरै विश्व भ्रमण गरिन् । सत्ता ग्रहण गरेदेखि उनले बेलायती शाही परिवारको प्रमुखका रुपमा आफ्ना कर्तव्यहरु पूरा गर्न धेरै यात्रा गर्नुपर्यो । तर, रानीले बिनापासपोर्ट संसारभर यात्रा गरिन् । 

रोयल डट यूके साइटमा पासपोर्टका लागि छुट्टै सेक्सन छ । यो साइटका अनुसार महारानी एलिजाबेथलाई पासपोर्ट आवश्यक थिएन । ‘महारानीलाई विदेश यात्रा गर्दा बेलायती पासपोर्ट चाहिँदैन । 

बेलायती पासपोर्ट रानीको नाममा जारी गरिएको हुनाले उनले पासपोर्ट बोक्न आवश्यक छैन । शाही परिवारका प्रत्येक सदस्यको आफ्नै पासपोर्ट छ । जसमा ड्युक अफ एडिनबरा र प्रिन्स अफ वेल्स पनि समावेश छन् । 

अर्थात महारानी एलिजाबेथको आफ्नै पासपोर्ट थिएन किनकि ब्रिटिस पासपोर्ट उनको नाममा जारी गरिन्छ । त्यसैले आफ्नै नाममा पासपोर्ट राख्नुको कुनै अर्थ थिएन । 

३ बर्ष अगाडि

प्रतिक्रिया