धितोपत्र बजार सम्बन्धी तीन नियमावली एकै पटक पारित

३ बर्ष अगाडि

काठमाडौं - धितोपत्र बजार सम्बन्धी तीन नियमावली एकै पटक पारित भएको छ । 

भदौ २१ गतेको मन्त्रिपरिषदको बैठकले धितोपत्र बजार सञ्चालन नियमावली, २०७४, धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी), नियमावली २०६४ चौथो र धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ पाँचौ संशोधन प्रस्तावलाई पारित गरेको हो । 

नियामक निकाय नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्ज र नयाँ ब्रोकर लाइसेन्स वितरणका लागि तीन किसिमको ब्रोकरको प्रस्तावसहित नियमावली संशोधन गरी गत असारको अन्तिममा अर्थमन्त्रालयमा पेश गरेको थियो । उक्त प्रस्तावलाई मन्त्रिपरिषदको बैठकले पारित गरेसँगै नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाईसेन्स वितरणको बाटो खुलेको छ ।

यस वर्ष सरकारले बजेट मार्फत विदेशमा रहेका नेपाली नागरिकलाई आईपीओमा १० प्रतिशत आरक्षणको सुविधा दिने व्यवस्था गरेको थियो । सोमवारको मन्त्रिपरिषदको बैठकले उक्त व्यवस्था कार्यान्वयनका लागि धितोपत्र दर्ता तथा निष्कासन नियमवाली, २०७३ पाँचौ संशोधनलाई समेत पारित गरेको छ ।

यी तीन प्रकारका नियमावलीको संशोधन प्रस्ताव पारित भएसँगै धितोपत्र बजार विकासका लागि महत्वपूर्ण आधार तय हुने विश्वास बोर्डको छ । बोर्डले प्रतिस्पर्धाका आधारमा नयाँ स्टक एक्सचेञ्ज र नयाँ ब्रोकर लाईसेन्स वितरण गर्ने बताएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया