काठमाडौं - आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दोस्रो बजार कारोबार बन्द हुने भएको छ । सरकारले इन्द्रजात्राका अवसरमा काठमांडौ उपत्यकामा सार्वजनिक विदा दिएकाले नेप्से पनि बन्द हुनेछ ।
वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।
प्रतिक्रिया