लुम्बिनी जनरलको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा, कति ?

३ बर्ष अगाडि

काठमाडौं - लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको अघिल्लो आर्थिक वर्षको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ । 

कम्पनीले गत असार २९ गते सम्पन्न १७ औँ वार्षिक साधारण सभाबाट पारित ९.५ प्रतिशत बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो । नेप्से र सीडीएससीमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भइसकेको पनि कम्पनीले जनाएको छ ।

गत असार १४ गतेसम्म सेयर अभौतिकीकरण गरेका सेयरधनीहरुको हितग्राही खातामा बोनस सेयर जम्मा गरिएको कम्पनीले स्पष्ट पारेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया