काठमाडौं - आजबाट नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा आएको छ । संस्थाको ६२ हजार ५०० कित्ता संस्थापक सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याइएको हो ।
यो सेयरमा संस्थापक सेयरधनीले मात्रै बोलपत्र पेस गर्न पाउनेछन् । लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य ७५० रुपैयाँ तोकिएको छ । यसको मतलब बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम १०० र अधिकतममा १० ले भाग जारी गरी सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् । बोलपत्र आगामी असोज २७ गतेसम्म पेस गर्न सकिनेछ ।
बोलपत्र काठमाण्डौको लाजिम्पाटस्थित एनआईबिएल एस क्यापिटलमा बुझाउनुपर्नेछ ।
प्रतिक्रिया