मलेसियाको उच्च अदालतद्धारा एक नेपालीको मृत्युदण्ड सजाय परिवर्तन

३ बर्ष अगाडि

काठमाडौं - मलेसियाको उच्च अदालतले वैदेशिक रोजगारीमा मलेसिया पुगेका धनुषाका सुरजदेव साह तेलीको मृत्युदण्ड सजाय परिवर्तन गरेकोे छ । 

कर्तव्य ज्यान अभियोगमा सन् २०१६ डिसेम्बरमा पक्राउ परेका तेलीको मृत्युदण्डको सजाय परिवर्तन गरी मलेसियाको पुत्राजयस्थित उच्च अदालतले १२ वर्षको जेल सजाय कायम गरेको हो । 

मलेसियास्थित नेपाली दूतावासले बिहीबार तेलीको सजाय परिवर्तन भएको जनाएको छ । मलेसियन फौजदारी संहिताको दफा (३०२) बाट दफा (३०४) क मा परिवर्तन गरी उनको सजाय परिवर्तन भएको दूतावासको भनाइ छ । 

परिवर्तन भएको सजाय अनुसार तेली सन् २०२८ सम्म कैदमा बस्नुपर्ने छ । तेलीलाई मलेसियास्थित इपो उच्च अदालतले सन् २०२० अगष्टमा त्यहाँको फौजदारी संहिताको दफा ३०२ बमोजिम मृत्युदण्डको सजाय तोकेको थियो । उनीमाथि मलेसियन नागरिकको हत्याको अभियोग छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया