राहदानीबाट एक वर्षमा ५ करोड राजस्व संकलन

३ बर्ष अगाडि

काठमाडौं - पूर्वी नवलपरासीमा राहदानीबाट एक वर्षमा ५ करोड राजस्व संकलन भएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा जिल्ला प्रशासन कार्यालयले राहदानीबाट ५ करोड १ लाख ३८ हजार राजस्व संकलन गरेको जिल्ला प्रशासन कार्यालय नवलपुरले जनाएको छ ।

यो अवधिमा सात हजार ४०५ जनाले साधारण राहदानी र एक हजार ४७६ जनाले विद्युतीय राहदानी बनाएको बताइएको छ । प्रशासनका अनुसार आव २०७७/७८ मा र २ करोड ३४ लाख ३५ हजार, आव ०७६/७७ मा २ करोड ४७ लाख ६७ हजार ५०० र आव २०७५/७६ मा ३ करोड ३८ लाख ८७ हजार ५०० राजस्व संकलन भएको हो । 

कोभिड–१९ शुरु भएपछि रोकिएको विदेश भ्रमण पनि अहिले सहजरुपमा सञ्चालन भएकाले पासपोर्ट बनाउन आउनेको संख्या बढेको प्रशासनले जनाएको छ । प्रशासनका अनुसार राहदानी बनाउन आउनेमा धेरै युवा रहेका छन् । 

त्यसमा पनि वैदेशिक रोजगारी र उच्च शिक्षाका लागि विदेश जानेबाट राहदानीका लागि धेरै आवेदन आउने गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया