काठमाडौं- दुई हाइड्रोपावर कम्पनी आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेका छन् । सगरमाथा हाइड्रोपावर र माईखोला हाइड्रोपावर कम्पनी आईपीओ निष्कासनको अनुमति माग्दै बोर्ड पुगेका हुन् ।
सगरमाथा हाइड्रोपावरले ५४ करोड ८८ लाख रुपैयाँ बराबरको ५४ लाख ८८ हजार कित्ता शेयर निष्कासन गर्न अनुमति मागेको छ । कम्पनीले भदौ ९ गते बोर्डमा आइपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएको थियो ।
यस्तै माईखोला हाइड्रोपावर कम्पनी लिमिटेडले १९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको १९ लाख २१ हजार ५६८ कित्ता शेयर निष्कासनको लागि अनुमति मागेको छ । कम्पनीले भदौ २२ गते आइपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको थियो ।
दुबै कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया