श्रृजनशील लघुवित्तको आईपीओ अर्को साता मात्रै बाँडफाँट हुने,कतिले पाउने छन् लघुवित्तको शेयर ?

३ बर्ष अगाडि

काठमाडौं, श्रृजनशील लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको आईपीओ अर्को साता मात्रै बाँडफाँट हुने भएको छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्ध सनराइज क्यापिटलले आज बिहीबार प्रिअलमेन्ट सकाएर अर्को साता मात्रै बाँडफाँट गर्ने तयारी गरेको हो ।

लघुवित्तले १५ गते देखि १९ गतेसम्म जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

त्यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४७० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ३ लाख ६८ हजार ५९० कित्ता शेयरमा मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ३६ हजार ८५९ जनाले मात्रै शेयर पाउनेछन् ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया