राष्ट्रिय बीमा कम्पनीको सीईओमा शेखर बराल नियुक्त

३ बर्ष अगाडि

काठमाडौं, राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शेखर बराल नियुक्त भएका छन् । 

आज बसेको कम्पनी संचालक समितिको बैठकले बराललाई चार वर्षे कार्यकालको लागि नियुक्त गरेको हो ।

सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा नयाँ सिईओ नियुक्तीका लागि गत वर्ष खुल्ला प्रतिस्पर्धाबाट नियुक्तीको लागि दरखास्त आह्वान गरिएको थियो ।

खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्ती प्रक्रियामा सहभागी भएका बराल अन्तिम तीन जनामा सर्टलिष्टिङमा समावेश मध्येका एक हुन् । आजै बसेको कम्पनीको संचालक समितिले सिईओ छनौट समितिको प्रतिवेदनको आधारमा बराललाई सीईओमा नियुक्त गरेको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया