काठमाडौं- आज (बिहिबार) पनि शेयरबजारमा झिनो अंकले घटेको छ । अघिल्लो कारोबारको दिन करिब १२ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज २.१३ अंकले घटेर १९३७.७४ को बिन्दुमा झरेको छ ।
हिजोको तुलनामा भने नेप्सेमा कारोबार भने थौरे बढेको छ । आज ३४ लाख १ हजार ७६२ कित्ता शेयर खरिदबिक्री हुदाँ १ अर्ब ४ करोड ४४ लाख बढीको शेयर कारोबार भएको छ ।
यस दिन १३९ स्टकको मूल्य बढेपनि वृद्धिदर भने कम रहेको छ। यस दिन ग्लोबल आइएमई लघुवित्त र मल्टीपर्पस फाइनान्स कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सामुदायिक लघुवित्तको शेयरमूल्य सर्वाधिक साढे ६ प्रतिशत घटेको छ। त्यस्तै, अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य यस दिन साढे ५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन एभरेष्ट इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन १३ करोड १० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, रिडी पावरको यस दिन करिब साढे ४ करोडको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.३७ प्रतिशत बढेको छ भने विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यता अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.३३ प्रतिशत घटेको छ।
प्रतिक्रिया