हिमालयन एभरेष्ट इन्स्योरेन्ससहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुन कम्पनीको कतिको कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं-आज (बिहिबार) पनि शेयरबजारमा झिनो अंकले घटेको छ ।  अघिल्लो कारोबारको दिन करिब १२ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज २.१३ अंकले घटेर १९३७.७४ को बिन्दुमा झरेको छ । 

हिजोको तुलनामा भने नेप्सेमा कारोबार भने थौरे बढेको छ । आज ३४ लाख १ हजार ७६२ कित्ता शेयर खरिदबिक्री हुदाँ १ अर्ब ४ करोड ४४ लाख बढीको शेयर कारोबार भएको छ । 

सो रकम बराबरको कारोबार भएको शेयरबजारमा आज सर्वाधिक हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर खरिद बिक्री भएको छ । कम्पनीको आज एकैदिन १३ करोड १० लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

त्यस्तै, रिडी हाइड्रोपावरको ४ करोड ४४ लाख, नबिल बैंकको ३ करोड ३५ लाख, प्राइम बैंकको २ करोड ९३ लाख र एशियन लाइफ इन्स्योरेन्सको २ करोड ७८ लाख रुपैयाँमाथिको कारोबार भएको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया