काठमाडौं - स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षको पहिलो दाबी भुक्तानी बापत साढे दुई अर्ब बढी रकम पठाएको छ । सेवा प्रदायक स्वास्थ्य संस्थाहरुलाई बोर्डले दाबी बापतको रकम पठाएको हो ।
बोर्ड सञ्चालक समितिको भदौ २० गते बसेको बैठकले सेवा प्रदायक स्वास्थ्य संस्थाको दाबी रकम पुर्ण तथा आंसिक पेस्की फर्छौट गर्ने निर्णय गरेको थियो ।
संचालक समितिको निर्णय अनुसार बोर्डले २ अर्ब ६७ करोड ११ लाख ६४ हजार रुपैयाँ भुक्तानी गरेको जनाएको छ । बोर्डले ३३८ वटा सेवा प्रदायक स्वास्थ्य संस्थाको लागि सो बराबरको रकम भुक्तानी गरेको हो ।
केहि समय अघि सेवा प्रदायक स्वास्थ्य संस्थाहरुले लामो समय देखि भुक्तानी नपाएको भन्दै स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेका थिए । सेवा प्रदायक संस्थाहरुले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्न थालेपछि बोर्डले धमाधम भुक्तानी दिन थालेको हो ।
प्रतिक्रिया