ङादी ग्रुप पावरको ९३ लाख बढी कित्ता हकप्रद शेयर बाँडफाट

३ बर्ष अगाडि

काठमाडौं, ङादी ग्रुप पावर लिमिटेडले हकप्रद शेयरको बाँडफाट गरेको छ ।

कम्पनीले साउन १८ गते देखि भदौ ७ गते सम्म निष्कासन गरेको १५० प्रतिशत हकप्रद शेयरको भदौ २२ गते बाँडफाँट गरेको  हो । सो अवधिभित्र रितपूर्वक आवेदन दिएका शेयरधनीहरुमा ९३ लाख ४६ हजार ६९६ कित्ता शेयर बाँडफाँट गरिएको हो । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । यस आधारमा कम्पनीले विक्री नभएको १२ लाख ५७ हजार २९० कित्ता शेयर लिलामी मार्फत विक्री गर्नेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया