नयाँ स्टक एक्सचेन्ज सञ्चालन ल्याउने बाटो खुल्यो, चुक्तापुँजी ३ अर्ब हुनुपर्ने

३ बर्ष अगाडि

काठमाडौं - सरकारले नयाँ स्टक एक्सचेन्ज सञ्चालन ल्याउने बाटो खुला गरिदिएको छ । 

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले नेपाल धितोपत्र बोर्ड ९सेबोन०ले संशोधन गरी पठाएको धितोपत्र सञ्चालन नियमावली, २०६४ को मस्यौदा स्वीकृत गरेसँगै नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा ल्याउने बाटो खुला भएको हो । 

सेबोनले यसअघि नियमावलीमा संशोधन गर्दै प्रस्तावित मस्यौदा स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो । अर्थ मन्त्रालयले संशोधित नियमावली स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेस गरेको थियो । 

अब सेबोनले संशोधित नियमावलीअनुसार नयाँ स्टक एक्सचेन्ज सञ्चालनका अनुमति दिने प्रक्रिया अगाडि बढाउनेछ ।

संशोधित नियमावलीअनुसार अब सञ्चालनमा आउने नयाँ स्टक एक्सचेन्जको चुक्तापुँजी ३ अर्ब रुपैयाँ हुनुपर्नेछ । यसअघिको व्यवस्थाअनुसार चुक्तापुँजी ५ करोड रुपैयाँमात्र छ।

३ बर्ष अगाडि

प्रतिक्रिया