काठमाडौं - एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १४औँ वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असोज १३ गते आयोजना गर्ने निर्णय गरेको हो । सभा बाराको सिमरास्थित होटेल क्लासिकमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ ।
सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित चुक्तापुँजीको कुल १५.२६ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । जसमा १४.५० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.७६ प्रतिशतले हुन आउने नगद लाभांश छन् ।
सभाले बोनस सेयरपश्चातको हकसम्म जारी तथा चुक्तापुँजी वृद्धि गर्न स्वीकृति गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ । यस्तै सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु अनुमोदन गर्नेछ ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले असोज ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ असोज २ गते (असोज ३ गते संविधान दिवस) सम्म कायम सेयरधनीहरुमात्रै कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।
प्रतिक्रिया