काठमाडौं - राउन्ड टेबल नेपालको २०७९ भदौ १८ गते सम्पन्न २२ औँ साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको छ । राहुल अग्रवालको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो ।
चितवनको नारायणघाटस्थित सिराइचुली होटलमा भएको साधारणसभाबाट उपाध्यक्ष नितेजकुमार अग्रवाल, महासचिवमा दिवस सुवेदी, कोषाध्यक्षमा साकेत मुरारका र राष्ट्रिय सम्पादकमा निखिल बंशल चयन भएका छन् ।
निवर्तमान अध्यक्ष तथा अन्तर्राष्ट्रिय जनसम्पर्क अधिकृत आनन्द बाहेतीले आफ्नो कार्यकालमा गरेका कामका बारेमा अवगत गराएका थिए ।
कार्यक्रममा जर्मनी, फ्रान्स, भारत, बंगलादेशलगायतका मुलुकबाट अतिथिहरु आएका थिए । साधारणसभामा देशभरबाट ४०० भन्दा बढी सदस्यको सहभागिता थियो ।
प्रतिक्रिया