कुमारी क्यापिटल लिमिटेडले संस्थागत परामर्श सेवाअन्तर्गत ‘वे टु लिस्टिङ’ नामक नयाँ सेवा सञ्चालनमा ल्याएको छ।
क्यापिटलले यो सेवाअन्तर्गत नेपालको प्रचलित कानुनबमोजिम स्थापना भएका जुनसुकै संगठित संस्थालाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासनपूर्व गर्नुपर्ने वित्तीय तथा संगठनात्मक पुनर्संरचनालगायतका कार्यमा आवश्यक सम्पूर्ण वित्तीय तथा कानुनी परामर्श सेवा उपलब्ध गराउनेछ। यसका साथै क्यापिटलले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन गर्ने, निष्कासित धितोपत्र नेपाल धितोपत्र विनिमय बजारमा सूचीकरण गराउनेलगायतका सम्पूर्ण सेवाहरु प्रदान गर्नेछ।
यस सेवाले वास्तविक क्षेत्रका कम्पनीहरुलाई धितोपत्र बजारमा भित्र्याउने धितोपत्र बोर्डको नीतिलाई समेत सहयोग पुर्याउने क्यापिटलको विश्वास छ।
क्यापिटलले संस्थागत परामर्श सेवाअन्तर्गत निम्न कार्यहरु गर्नेछ–
प्रतिक्रिया