एनआईसी एशिया क्यापिटलको ‘एक्सप्रेस डिम्याट सेवा’ सञ्चालनमा

३ बर्ष अगाडि

 एनआईसी एसिया क्यापिटलले विगत लामो समयदेखि ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान सञ्चालन गरी सहज रुपमा डिम्याट खाताको पहुँच सेवाग्राहीमाझ पुर्याउँदै आइरहेको छ। 

हालको व्यवस्थाअनुसार डिम्याट खाता खोल्नका लागि स्वयं व्यक्ति सम्बन्धित निक्षेप सदस्य कम्पनीमा उपस्थित हुनुपर्ने व्यवस्था रहेको र उक्त व्यवस्थाले गर्दा अहिलेको व्यस्त समयमा स्वयम उपस्थित भई डिम्याट खाता खोल्न नसक्ने व्यक्तिहरुलाई सहज रुपमा डिम्याट खाता खोलिदिने मुख्य उद्देश्यका साथ उक्त सेवा सञ्चालन गरिएको हो। अहिलेको व्यस्त समयमा सेवाग्राहीलाई घर अफिसमा नै पुगी छोटो समयमा डिम्याट खाता उपलब्ध गराई डिम्याट खाता तथा मेरो सेयर खाता सञ्चालन सम्बन्धमा आवश्यक जानकारी उपलब्ध गराइने हुँदा सेवाग्राहीले उक्त योजनाबाट लाभ लिई सहज र झनझटरहित रुपमा डिम्याट तथा मेरो सेयर खाता प्राप्त गर्न सक्नेछन्। 

एनआईसी एशिया एक्सप्रेस डिम्याट सेवाअन्तर्गत क्यापिटलका कर्मचारीहरु स्वयं उपस्थित भई डिम्याट खाता खोलिदिने तथा सेयर अभौतिकीकरण गर्नका लागि आवश्यक सहजीकरण गरिदिने व्यवस्था मिलाइएको छ। 

उक्त सेवा प्राप्त गर्नका लागि क्यापिटलको ई–मेल ठेगाना [email protected] मा अनुरोध पठाउन वा क्यापिटलको मोबाइल नं. ९८५११२२९९४ मा सोझै कल वा मिसकल गर्न सकिनेछ। यसका साथै उक्त सेवामा सहभागी हुन कम्तीमा तीनजना व्यक्तिको समूह हुनुपर्नेछ। हाललाई यो सेवा काठमाण्डौ उपत्यकाभित्रका लागिमात्र उपलब्ध हुनेछ।

३ बर्ष अगाडि

प्रतिक्रिया