काठमाडौं - आज बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक घटेको छ ।
अघिल्लो कारोबारको दिन मंगलबार २१.१६ अंक घटेर १९५१.८४ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा ०.६४ अंक घटेर १९५१.२१ विन्दुमा झरेको छ । उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०७ अंक बढेको छ ।
बुधबार प्रि ओपन सेसनमा १५ स्टकको ८८ हजार ४६९ रुपैयाँ बराबरको २१४ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये ७ वटा स्टकको मूल्य बढेको छ भने ७ वटाको घटेको छ। बाँकी १ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया