सुपर लघुवित्तलाई राष्ट्र बैंकद्धारा समस्याग्रस्त घोषणा

३ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । 

केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गर्दै संस्थाका अध्यक्ष तथा सदस्यहरु प्रत्यक्ष सम्मिलित भई संस्थाको हितविपरीत व्यक्तिगत लाभका लागि नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरी दुरुपयोग गरेकोले सुपर लघुवित्तलाई समस्याग्रस्त घोषणा गरिएको जनाइएको छ । 

राष्ट्र बैंकका अनुसार कम्पनीको प्राथमिक पुँजीकोष नै १०.३१ प्रतिशत ऋणात्मक भएको छ । समस्याग्रस्त घोषणा गर्नुअघि राष्ट्र बैंकले ऋण दुरुपयोगमा संलग्नहरुलाई आर्थिक कारबाही गरेको थियो । केहीलाई बैंकिङ कसुर ऐनअनुसार कारबाही अगाडि बढाउन प्रहरीलाई लिखित आग्रह गरेको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया