साउदीमा अवैध बसोबास गर्दै आएका ७८ नेपालीले पाए ‘एक्जिट भिसा’

३ बर्ष अगाडि

काठमाडौं - साउदी अरबमा विभिन्न कारण अवैध बसोबास गर्दै आएका थप ७८ नेपालीले ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) पाएका छन् ।

यही अगष्ट २६ देखि १ सेप्टेम्बरसम्म अवधिमा रियाद र दमामबाट पक्रिया थालिएकामध्ये ७८ जनाको भिसा साउदी सरकारले उपलब्ध गराएको रियादस्थित नेपाली दूतावासले जनाएको छ।

अवैध रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनु परे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ । एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन् । सम्बन्धित देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ ।

एक्जिट भिसा आएकाहरूलाई दूतावासमा पुगेर भिसा प्राप्त गर्न दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ । एक्जिट भिसा पाएकाहरु ६० दिनभित्र स्वदेश फर्किसक्नु पर्छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया