काठमाडौं - दसैँका लागि यातायात व्यवसायीले असोज १ गतेबाट लामो दूरीका बसको टिकट बुकिङ खोल्ने तयारी गरेका छन् ।
दसैँका लागि बसको टिकट बुकिङ खोल्ने विषयमा यातायात व्यवस्था विभागले आज बुधबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ट्राफिक प्रहरीलगायत सरोकारवाला निकायलाई छलफलका लागि बोलाएको छ ।
छलफलमा यातायात व्यवसायीहरुले असोज १ गतेबाट लामो दूरीका बसको टिकट बुकिङ खोल्ने प्रस्ताव गर्नेछन् । आजको छलफलपछि टिकट बुकिङ खोल्ने मिति निश्चित हुनेछ ।
प्रतिक्रिया