काठमाडौं - एनएमबि बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । बैैंकको ‘एनएमबि ऊर्जा ऋणपत्र’ नेप्सेमा सूचीकृत भएको हो ।
उक्त ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल २७ लाख २७ हजार ४३७ इकाइ नेप्से सूचीकृत भएको छ । उक्त ऋणपत्र सिद्धार्थ क्यापिटलमार्फत सर्वसाधारणलाई बिक्री गरिएको थियो ।
एनएमबि बैंकको यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ४ प्रतिशत ब्याज पाउनेछन् ।
प्रतिक्रिया