काठमाडौं - वैदेशिक रोजगारीमा जापान पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ ।
वर्किङ भिसामा जापान पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरूबाट १३ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको अभियोगमा मोरङको रतुवामाई नगरपालिका–९ घर भई हाल ललितपुरको बालकुमारी बस्ने ३८ वर्षीया मिना सुब्बा पक्राउ परेकी हुन् ।
उनीमाथि वैदेशिक रोजगार ऐन अनुसार अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया