काठमाडौं - मुक्तिनाथ विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै कर्मचारीको माग गरेको हो ।
बैंकले क्रेडिट एनालिस्ट, ब्रान्च मेनेजर, रिलेसनसिप मेनेजर, अपरेसन इन्चार्ज र एक्जिक्युटिभ सेक्रेटरीमा केही संख्यामा कर्मचारी भर्ना लागेको हो ।
बैंकले केन्द्रीय कार्यालयका लागि क्रेडिट एनालिस्ट पदमा कर्मचारी माग गरेको हो । अन्य पदमा काठमाडौं उपत्यका र बाहिर रहेका बैंकका शाखाहरुका लागि कर्मचारी भर्ना गर्न लागिएको बैंकले जनाएको छ ।
इच्छुक उम्मेदवारले बैंकको बेवसाइटमा गई अनलाइन दरखास्त पेस गर्नुपर्नेछ । दरखास्त पेस गर्ने अन्तिम मिति असोज ५ गतेसम्म तोकिएको छ ।
प्रतिक्रिया