काठमाडौं - सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘सनराइज फर्स्ट म्युचुअल फन्ड’ योजनाको आर्थिक वर्ष २०७८/७९ को प्रतिफल वितरणार्थ बुक क्लोज मिति तय गरिएको छ ।
योजना व्यवस्थापक सनराइज क्यापिटलले सनराइज फर्स्ट म्युचुअल फन्डको प्रतिफल वितरणार्थ यही भदौ २९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । यसको अर्थ भदौ २८ गतेसम्म कायम इकाइधनीहरुले यो योजनाको घोषित प्रतिफल पाउनेछन् ।
यस योजनाका इकाइधनीहरुलाई करसहित १२ प्रतिशतका दरले प्रतिफल दिने घोषणा गरिएको छ । जसअनुसार १० करोड ३२ लाख रुपैयाँ इकाइधनीहरुलाई प्रतिफल वितरण गर्ने निर्णय क्यापिटलको सञ्चालक समितिले निर्णय गरेको छ ।
प्रतिक्रिया