टेलिकम कम्पनीहरूलाई ग्राहकको स्वीकृति बिना कुनै पनि सेवा नवीकरण नगर्न निर्देशन

३ बर्ष अगाडि

काठमाडौं - नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम कम्पनीहरूलाई ग्राहकको स्वीकृति बिना कुनै पनि सेवा नवीकरण नगर्न निर्देशन दिएको छ ।

विभिन्न सेवा तथा प्याकेज ल्याएर ग्राहकको स्वीकृति बिना नवीकरण नगर्न निर्देशन दिँदा पनि कार्यान्वयन नभएको भन्दै प्राधिकरणले कार्यान्वयन गर्ने चेतावनी दिएको हो ।

दूरसञ्चार सेवा प्रदायकहरुले संचालन गरेका भ्यास सेवाको अवधि सकिन लागेको जानकारी उक्त सेवाका ग्राहकहरुलाई सेवा अवधि सकिनु अगावै एसएमएस मार्फत निःशुल्क रुपमा पठाउनु पर्ने प्राधिकरणले जनाएको छ ।

त्यस्तै सेवा नवीकरण गर्ने÷नगर्ने सम्बन्धमा एसएमएस मार्फत ग्राहकको प्रतिक्रिया माग गर्नु पर्ने, एसएमएस मार्फत नवीकरण गर्न अनुरोध गर्ने ग्राहकका लागि सेवा प्रदायकले सो सेवा नवीकरण गर्ने व्यवस्था गर्नु पर्ने प्राधिकरणको निर्देशनमा उल्लेख छ ।

एसएमएस मार्फत नवीकरण नगर्ने जानकारी गराउने तथा कुनै प्रतिक्रिया नजनाउने ग्राहकहरुका लागि उक्त सेवा स्वतः नवीकरण नगर्न÷नगराउन प्राधिकरणले निर्देशन दिएको हो ।

यस अघि यस्तो गतिविधि रोक्न प्राधिकरणबाट निर्देशन दिएपनि कम्पनीहरूले कार्यान्वयन नगरेको प्राधिकरणले जनाएको छ ।

जसमा सिआरबीटि,पिआरविटि लगाएत विभिन्न भ्यास सेवा आफुखुसी ग्राहकको स्वीकृति विना नै नवीकरण गरेको भन्दै प्राधिकरणमा उजुरी पर्ने गरेका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया