सेञ्चुरी बैंकको नयाँ शाखा हरिवनको नयाँ रोडमा

३ बर्ष अगाडि

काठमाडौं - सेञ्चुरी कमर्सियल बैंकले ग्राहकहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा भदौ २१ गतेदेखि सर्लाहीको हरिवन नगरपालिका वडा नं. १० नयाँ रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

हरिवन नगरपालिकाको नगर प्रमुख श्री रमेश बुढाथोकीले नयाँ रोड शाखाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका छन् । उद्घाटन कार्यक्रममा बैंकका मधेश प्रदेश प्रमुख सुबास शर्मा, शाखा प्रमुख आशुतोष वैध लगायत बैंकका कर्मचारी तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

२०७९ असार मसान्त सम्ममा बैंकले १ खर्ब १ अर्ब ४० करोड रूपैयाँ निक्षेप संकलन र ९१ अर्ब ४६ करोड रूपैयाँ कर्जा प्रदान गरी १ अर्ब ३५ करोड ७२ लाख रूपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकको कुल शाखा संख्या १४७ पुगेको छ भने बैंकको १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएमहरू रहेका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया